#WordandLifeChurch
  • Sermons
  • About Us
  • Giving
  • Shop
Menu
  • Sermons
  • About Us
  • Giving
  • Shop
  • Sermons
  • About Us
  • Giving
  • Contact Us
  • Shop
Menu
  • Sermons
  • About Us
  • Giving
  • Contact Us
  • Shop
Contact
Facebook-square Instagram Youtube Tiktok
Event

वर्ड एण्ड लाइफ बाइबल स्कुलको पाँचौँ ब्याच सफलतापुर्वक सम्पन्न

  • June 9, 2024June 9, 2024
  • by WALCPA
graduation

आज तपाईको लागि हामीसँग विशेष सुचना रहेको छ । वर्ड एण्ड लाइफ बाइबल स्कुलको पाँचौं संस्करण नेपालस्थित भक्तपुरमा सम्पन्न भएको छ । २०२४ को मे महिनाभरि संचालन भएको बाइबल स्कुलमा यस पटक नेपालका विभिन्न ठाउँबाट सहभागी हुनुभएका ५६ जना विद्यार्थीहरु दिक्षान्तित हुनुभएको छ । उक्त बाइबल स्कुलमा विभिन्न देशमा रहेर प्रभावकारी रूपमा प्रभु येशूको सेवा गरिराख्नुभएका पास्टर, अगुवा तथा बाइबल शिक्षकहरुले परमेश्वरको वचनबाट प्रभावकारी रूपमा सिकाउनुभएको थियो ।

वर्ड एण्ड लाइफ बाइबल स्कुलको शुरुवात देखिको दर्शन भनेको सुसमाचारको निम्ति र स्थानीय मण्डलीमा साहयताको निम्ति अगुवाहरु निर्माण गर्नु रहेको थियो । सोहि अनुरुप यस वर्ष पनि वर्ड एण्ड लाइफ चर्चको आयोजनामा नेपालस्थित भक्तपुरमा उक्त बाइबल स्कुल संचालन भएको थियो । हामी प्रार्थना र विश्वास गर्दछौँ कि यसको प्रतिफल स्थानीय मण्डलीको आत्मिक वृद्धि र परमेश्वरको राज्यको विस्तारमा प्रकट हुनेछ।

बाइबल स्कुलको निम्ति अहोरात्र खट्नुहुने सम्पूर्ण व्यवस्थापन समुह, शिक्षकहरु, आफ्नो चर्चका सदस्यहरुलाई परमेश्वरको सेवाको निम्ति उत्साह दिएर हामीसमक्ष पठाइदिनुहुने पास्टर-अगुवाजन, वर्ड एण्ड लाइफ चर्च परिवार तथा हामीलाई प्रार्थना, भौतिक/आर्थिक साहयता र हौसलाद्वारा योगदान पुर्याउनुहुने सबैजना प्रति हामी अत्यन्तै आभारी छौँ ।

परमेश्वरको कामको निम्ति यहाँहरुको योगदान व्यर्थ हुनेछैन । यसले अनन्तको राज्यको निम्ति प्रशस्त फसलको कटनी हुनेछ भन्ने कुरामा हामी वर्ड एण्ड लाइफ चर्च परिवार विश्वस्त छौँ ।

वर्ड एण्ड लाइफ बाइबल स्कुलमा विभिन्न अवसरहरुमा र दिक्षान्त समारोहमा कैद गरिएका केहि भिडियोहरु समावेश गरेर हामीले एउटा दृश्य सामग्री तयार पारेका छौँ । हामी आशा गर्छौं, उक्त सामग्रीबाट तपाई आशिषित हुनुहुनेछ ।

Event

वर्ड एण्ड लाइफ बाइबल स्कुल

  • April 23, 2023April 23, 2023
  • by WALCPA

वर्ड एण्ड लाइफ बाइबल स्कूलमा तपाईलाई स्वागत छ! वर्ड एण्ड लाइफ चर्चद्वारा आयोजित एक महिनाको गहन बाइबलीय तालिमको चौथो संस्करणको घोषणा गर्न पाउँदा हामी ज्यादै हर्षित छौं। वर्ड एण्ड लाइफ बाइबल स्कूलको प्राथमिक उद्देश्यहरू स्थानीय चर्चहरूमा साहयता पुर्याउन र सेवा गर्न सक्ने सेवक-सेविका निर्माण गर्नु, र सुसमाचार प्रचार गर्ने व्यक्तिहरु निर्माण गर्नु हो । यो बाइबल स्कूल हाल चर्चमा सेवा गर्ने व्यक्तिहरूका लागि, छिट्टै पूर्ण-कालीन सेवाकाईमा आउन चाहनेहरूका लागि र पूर्ण-कालीन सेवाकाईमा नभईकन नै परमेश्वरको राज्यको लागि काम गर्न चाहनेहरूका लागि लक्षित गरिएको छ।

वर्ड एण्ड लाइफ बाइबल स्कूलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सेवा गरिराख्नु भएका पास्टर, प्रचारक र शिक्षकहरूले परमेश्वरको वचनबाट विभिन्न विषयहरुमा गहन रूपमा सिकाउनु हुनेछ । बाइबल स्कूल मे १, २०२३ (बैशाख १८, २०८०) देखि मे ३१, २०२३ (जेठ १७, २०८०) सम्म सूर्यविनायक, भक्तपुर, नेपालमा हुनेछ भने सहभागी हुन इच्छुक व्यक्तिले रु. ५०० दर्ता शुल्क स्वरूप बुझाउनु पर्ने हुन्छ । बाइबल स्कुलको अवधिभरि प्रशिक्षार्थीहरुको लागि निशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ । बाइबल स्कुलमा सहभागी हुन चाहने सहभागीहरूको उमेर कम्तिमा सत्र (१७) वर्ष भन्दा माथि हुनुपर्नेछ।

WLC Bible School Flyer

हामीसँग ५० देखि ७० जनाको लागि मात्र सिटहरू उपलब्ध भएको कारण आज नै आफ्नो सिट सुरक्षित गर्न कृपया हामीलाई +977 9860678893 वा 01 5092183 मा सम्पर्क गर्नुहोस्। त्यसपछि हामे तपाईलाई बाइबल स्कूलको तालिका, पाठ्यक्रम, र हाम्रा आदरणीय प्रशिक्षकहरूको बारेमा थप जानकारी सहित अरु विवरणहरू प्रदान गर्नेछौँ ।

हामी विश्वास गर्छौं कि यस बाइबल स्कूल मार्फत, तपाईंले आफ्नो विश्वास बढाउन, आफ्नो सेवकाई कौशल विकास गर्न, र परमेश्वरको अझ प्रभावकारी सेवक बन्न सक्षम हुनुहुनेछ। यस अमुल्य अवसरलाई नगुमाउनुहोस्!

bible school Event

Word and Life Bible School

  • April 3, 2022April 3, 2022
  • by WALCPA

Word and Life Church, in association with Ezra School of Ministry, Nepal is launching a one-month intensive Bible training school. Please download the form below and send it to the specified contact address.

WORD-AND-LIFE-MINISTRIESDownload
#WordandLifeChurch #PastorBinayBhandari #SantoshTirwa #NepaliInterview Event

9th Anniversary of Word and Life Church

  • October 7, 2021October 7, 2021
  • by WALCPA
किनकि परमप्रभु तिमीहरुका परमेश्वरको निम्ति तिमीहरु एक पवित्र जाति हौ । परमप्रभु तिमीहरुका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरुमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमुल्य सम्पत्ति बनाउन तिमीहरुलाई छान्नुभएको छ । तिमीहरु संख्यामा अरु जातिहरुभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरुलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, किनकि तिमीहरु त संख्यामा सबै जातिहरुभन्दा कम थियौ । तर परमप्रभुले तिमीहरुलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरुका पिता-पुर्खाहरुसित गर्नुभएको प्रतिज्ञा पुरा गर्नलाई नै तिमीहरुलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो । - व्यवस्था ७:६-८ 

आफ्नै मातृभूमिले अटाउन नसकेको हामी नेपाली -भाषी भुटानीले २० वर्ष भन्दा बढ्ता समय शरणार्थी जिवनमा बितायौँ । सो अवधिमा हामी अरुबाट सम्हालियौँ: खाद्यान्नको लागि WFP (World Food Program), वास र प्लास्टिकको छानोको लागि LWF (Lutheran World Federation), पढाइमा Caritas Nepal, पानी र स्वास्थ्य उपचारमा अरु विभिन्न संघ-संस्थाहरु, र सुरक्षामा नेपाल सरकारद्वारा सम्हालियौँ । परमेश्वरले नै हामीलाई सम्हाल्न विभिन्न व्यक्ति, संघसंस्था र देशलाई चलाउनुभयो । हामी पक्कै पनि एउटा सम्हालिएका जाति हौँ । धेरै समयसम्म हामी अरुले दिएको कुराहरुबाट जीविकोपार्जन गर्यौं, हामीलाई अरुले सम्हाले । तर अब इतिहास परिवर्तन हुने समय आएको छ । पास्टर निमा घिसिङ्गले भन्नुभएको जस्तै, हामी अब सम्हालिएको जातिबाट अरुलाई सम्हाल्ने जाति बन्नु पर्छ ।

सन् २०१२ मा स्थापित भएको Word and Life Church वर्तमान अवस्थासम्म आइपुग्दा हामी आफै पनि सम्हालिएर, केहि हदसम्म पनि अरुलाई सम्हाल्ने काममा संलग्न भइरहेका छौँ । यस अवधिमा हामीले विगत ६ वर्षदेखि नेपालका विभिन्न ठाउँहरुमा रेडियो कार्यक्रम मार्फत परमेश्वरको वचन प्रचार तथा प्रसारण गरिरहेका छौँ । विगत ३ वर्ष देखि नेपालको राष्ट्रिय Television च्यानल मार्फत हामीले हरेक हप्ता वचनको सेवाकाइ पनि गर्दै आएका छौँ । प्रभुले दिनुभएको मार्गदर्शन अनुसार नै प्रत्येक वर्षको एक पटक, एक महिने गहन बाइबल तालिम: Word and Life Bible School पनि संचालन भइराखेको छ ।

त्यस्तै, प्रभुको अनुग्रहमा Word and Life Church द्वारा समय-समयमा नेपाल तथा भारतका विभिन्न ठाउँहरुमा जाडोमा लगाउने न्यानो लुगा र खाद्यान्न वितरण गरेर ख्रीष्टको प्रेम बाँढ्ने काम पनि भइराखेको छ । यति मात्र नभएर, हामीले धेरै ठाउँहरुमा मण्डली भवन निर्माणको लागि साहयता पनि गरिरहेका छौँ । सन् २०२० मा, महामारीको बीचमा पनि Word and Life Church दुर्गम क्षेत्रहरुमा मण्डलीका पास्टरको जमिनको ऋण तिरिदिन र पास्टर बस्ने घर निर्माण गरिदिन सफल भयो ।

यी सम्पूर्ण क्रियाकलापहरु ख्रीष्टको अनुग्रहमा परमेश्वरले दिनुभएको प्रेम र शक्तिद्वारा नै सम्भव भइराखेको छ । कुनै समय हामीलाई कसैले सम्हाल्दै थियो, तर परमेश्वरले Word and Life Church लाई यति सक्षम बनाउनुभयो कि आज आएर सम्हालिएको व्यक्तिले अरुलाई सम्हाल्ने काम गरिराखेका छौँ । मण्डली परिवार, आउनुहोस्, अब हाम्रो मण्डली नवौं वार्षिकोत्सव मनाउँदै गर्दा आफू पनि सम्हालिएर अरुलाई पनि सम्हाल्ने सेवाकाइमा हामी अझ क्रियाशील होऔं । "तिमीहरुमध्ये थोरैचाहिं हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ । म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु ।" - यशैया ६०:२२

Recent Posts

  • वर्ड एण्ड लाइफ बाइबल स्कुलको पाँचौँ ब्याच सफलतापुर्वक सम्पन्न
  • Word and Life Radio and Television Program
  • वर्ड एण्ड लाइफ बाइबल स्कुल
  • When blessed tell God, “You are my first priority”
  • Word and Life Bible School

Recent Comments

    Archives

    • June 2024
    • November 2023
    • April 2023
    • March 2023
    • April 2022
    • October 2021
    • June 2021
    • May 2021

    Categories

    • Event
    • Programs
    • Resources
    • Sermon Notes

    Meta

    • Register
    • Log in
    • Entries feed
    • Comments feed
    • WordPress.org

    TIMES

    Sunday Worship Service
    10:00 AM – 12:00 PM

    Saturday Youth Service
    10:00 AM – 12:00 PM

    Friday Prayer Service
    5:00 PM – 6:00 PM

    Quick Links

    Contact Us

    Need Prayer?

    Blog

    Giving

    Sermons

    SOCIAL MEDIA

    Facebook-f Youtube Whatsapp

    Copyright © 2021. All Rights Reserved. | Privacy Policy

    Designed by Kingdom Church Websites