#WordandLifeChurch
  • Sermons
  • About Us
  • Giving
  • Blog
Menu
  • Sermons
  • About Us
  • Giving
  • Blog
  • Sermons
  • About Us
  • Giving
  • Contact Us
Menu
  • Sermons
  • About Us
  • Giving
  • Contact Us
Contact
Facebook-square Instagram Youtube Tiktok
Programs

Word and Life Radio and Television Program

  • November 21, 2023November 29, 2023
  • by WALCPA

Word and Life Church has been actively spreading the message of Jesus Christ through several radio stations across different regions in Nepal. As a result, many lives have been transformed and families have been saved. The detailed information regarding the radio programs is in the image below:

wlcradioprograms

We have been involved in expanding the Kingdom of God through several other mediums. If you want to be a part of what God is doing through us, you can support us by your prayers, encouragement, or by financial supports. Regarding this, please find the detailed information through the following link:

Donate
bible school Event

Word and Life Bible School

  • April 3, 2022April 3, 2022
  • by WALCPA

Word and Life Church, in association with Ezra School of Ministry, Nepal is launching a one-month intensive Bible training school. Please download the form below and send it to the specified contact address.

WORD-AND-LIFE-MINISTRIESDownload
#WordandLifeChurch #PastorBinayBhandari #SantoshTirwa #NepaliInterview Event

9th Anniversary of Word and Life Church

  • October 7, 2021October 7, 2021
  • by WALCPA
किनकि परमप्रभु तिमीहरुका परमेश्वरको निम्ति तिमीहरु एक पवित्र जाति हौ । परमप्रभु तिमीहरुका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरुमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमुल्य सम्पत्ति बनाउन तिमीहरुलाई छान्नुभएको छ । तिमीहरु संख्यामा अरु जातिहरुभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरुलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, किनकि तिमीहरु त संख्यामा सबै जातिहरुभन्दा कम थियौ । तर परमप्रभुले तिमीहरुलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरुका पिता-पुर्खाहरुसित गर्नुभएको प्रतिज्ञा पुरा गर्नलाई नै तिमीहरुलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो । - व्यवस्था ७:६-८ 

आफ्नै मातृभूमिले अटाउन नसकेको हामी नेपाली -भाषी भुटानीले २० वर्ष भन्दा बढ्ता समय शरणार्थी जिवनमा बितायौँ । सो अवधिमा हामी अरुबाट सम्हालियौँ: खाद्यान्नको लागि WFP (World Food Program), वास र प्लास्टिकको छानोको लागि LWF (Lutheran World Federation), पढाइमा Caritas Nepal, पानी र स्वास्थ्य उपचारमा अरु विभिन्न संघ-संस्थाहरु, र सुरक्षामा नेपाल सरकारद्वारा सम्हालियौँ । परमेश्वरले नै हामीलाई सम्हाल्न विभिन्न व्यक्ति, संघसंस्था र देशलाई चलाउनुभयो । हामी पक्कै पनि एउटा सम्हालिएका जाति हौँ । धेरै समयसम्म हामी अरुले दिएको कुराहरुबाट जीविकोपार्जन गर्यौं, हामीलाई अरुले सम्हाले । तर अब इतिहास परिवर्तन हुने समय आएको छ । पास्टर निमा घिसिङ्गले भन्नुभएको जस्तै, हामी अब सम्हालिएको जातिबाट अरुलाई सम्हाल्ने जाति बन्नु पर्छ ।

सन् २०१२ मा स्थापित भएको Word and Life Church वर्तमान अवस्थासम्म आइपुग्दा हामी आफै पनि सम्हालिएर, केहि हदसम्म पनि अरुलाई सम्हाल्ने काममा संलग्न भइरहेका छौँ । यस अवधिमा हामीले विगत ६ वर्षदेखि नेपालका विभिन्न ठाउँहरुमा रेडियो कार्यक्रम मार्फत परमेश्वरको वचन प्रचार तथा प्रसारण गरिरहेका छौँ । विगत ३ वर्ष देखि नेपालको राष्ट्रिय Television च्यानल मार्फत हामीले हरेक हप्ता वचनको सेवाकाइ पनि गर्दै आएका छौँ । प्रभुले दिनुभएको मार्गदर्शन अनुसार नै प्रत्येक वर्षको एक पटक, एक महिने गहन बाइबल तालिम: Word and Life Bible School पनि संचालन भइराखेको छ ।

त्यस्तै, प्रभुको अनुग्रहमा Word and Life Church द्वारा समय-समयमा नेपाल तथा भारतका विभिन्न ठाउँहरुमा जाडोमा लगाउने न्यानो लुगा र खाद्यान्न वितरण गरेर ख्रीष्टको प्रेम बाँढ्ने काम पनि भइराखेको छ । यति मात्र नभएर, हामीले धेरै ठाउँहरुमा मण्डली भवन निर्माणको लागि साहयता पनि गरिरहेका छौँ । सन् २०२० मा, महामारीको बीचमा पनि Word and Life Church दुर्गम क्षेत्रहरुमा मण्डलीका पास्टरको जमिनको ऋण तिरिदिन र पास्टर बस्ने घर निर्माण गरिदिन सफल भयो ।

यी सम्पूर्ण क्रियाकलापहरु ख्रीष्टको अनुग्रहमा परमेश्वरले दिनुभएको प्रेम र शक्तिद्वारा नै सम्भव भइराखेको छ । कुनै समय हामीलाई कसैले सम्हाल्दै थियो, तर परमेश्वरले Word and Life Church लाई यति सक्षम बनाउनुभयो कि आज आएर सम्हालिएको व्यक्तिले अरुलाई सम्हाल्ने काम गरिराखेका छौँ । मण्डली परिवार, आउनुहोस्, अब हाम्रो मण्डली नवौं वार्षिकोत्सव मनाउँदै गर्दा आफू पनि सम्हालिएर अरुलाई पनि सम्हाल्ने सेवाकाइमा हामी अझ क्रियाशील होऔं । "तिमीहरुमध्ये थोरैचाहिं हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ । म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु ।" - यशैया ६०:२२
Programs

वर्ड एण्ड लाइफ टेलिभिजन कार्यक्रम

  • May 21, 2021June 22, 2021
  • by WALCPA

वर्ड एण्ड लाइफ चर्चद्वारा प्रस्तुत टेलिभिजन कार्यक्रम: “वर्ड एण्ड लाइफ” न्युज 24 टेलिभिजन मार्फत संसारभर प्रसारण भईरहेको छ । यस कार्यक्रम मार्फत कैंयौं मानिसहरुको जिवनहरु परिवर्तन भएका गवाहीहरु हामीले प्राप्त गरेका छौँ । उक्त कार्यक्रममा पास्टर विनय भण्डारीको साथमा शक्तिशाली परमेश्वरको वचनलाई तपाईलाई हरेक हप्ता हेर्न र सुन्न सक्नुहुन्छ । कार्यक्रमको समय तालिका निम्न अनुसार रहेको छ:

wordandlifetvprogram
वर्ड एण्ड लाइफ टेलिभिजन कार्यक्रम

यदि तपाईँ हामीसँग सुसमाचारलाई फैलाउने अभियानमा साझेदारी गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । तपाईँले प्रार्थनाद्वारा, उत्साहद्वारा, आर्थिक सहयोग गरेर अथवा अन्य कुनै माध्यमबाट हामीलाई सहायता पुर्याउन सक्नुहुन्छ । यसै विषयमा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नहोस्:

Donate
Contact Us

Recent Posts

  • वर्ड एण्ड लाइफ बाइबल स्कुलको पाँचौँ ब्याच सफलतापुर्वक सम्पन्न
  • Word and Life Radio and Television Program
  • वर्ड एण्ड लाइफ बाइबल स्कुल
  • When blessed tell God, “You are my first priority”
  • Word and Life Bible School

Recent Comments

    Archives

    • June 2024
    • November 2023
    • April 2023
    • March 2023
    • April 2022
    • October 2021
    • June 2021
    • May 2021

    Categories

    • Event
    • Programs
    • Resources
    • Sermon Notes

    Meta

    • Register
    • Log in
    • Entries feed
    • Comments feed
    • WordPress.org

    TIMES

    Sunday Worship Service
    10:00 AM – 12:00 PM

    Saturday Youth Service
    10:00 AM – 12:00 PM

    Friday Prayer Service
    5:00 PM – 6:00 PM

    Quick Links

    Contact Us

    Need Prayer?

    Blog

    Giving

    Sermons

    SOCIAL MEDIA

    Facebook-f Youtube Whatsapp

    Copyright © 2021. All Rights Reserved. | Privacy Policy

    Designed by Kingdom Church Websites